गोकर्णेश्वर नगरपालिका वडा नं १ एमालेको पोल्टामा
शनिबार, ३१ वैशाख २०७९, २० : ३८
गोकर्णेश्वर नगरपालिका वडा नं १ को अध्यक्षमा नेकपा एमालेका द्वारिका श्रेष्ठ १४२८ मत प्राप्त गरी विजयी भएका छन् । विजयी उम्मेदवार श्रेष्ठले काँग्रेसका राम मानन्धरलाई ४९८ मतान्तरले हराएका छन्। निवर्तमान वडा अध्यक्ष मानन्धरले मात्र ९३९ मत प्राप्त गरेका थिए।
२०७४ सालको स्थानीय चुनावमा वडा नं १ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएकोमा यसपटक भने निर्वाचनको सो परिणाम उल्टिएर एमालेको पोल्टामा परेको छ। यसपटकको स्थानीय तह निर्वाचनमा भने १ नं वडामा एमालेको प्यानल नै विजयी भएको छ ।
गोकर्णेश्वर नगरपालिका वडा नं १ को मतगणना सकिँदा नगर प्रमुखमा एमाले ११४४ तथा उपप्रमुखमा एमालेकै उम्मेदवारले ११८७ अग्रता कायम गरेका छन् भने काग्रेसका नगरप्रमुखमा १०४६ तथा नगर उपप्रमुखमा ९७० मत ल्याई दोस्रो स्थानमा रहेको छ । अन्य वडा, मेयर र उपमेयरको मतगणना भने जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या