शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

सुर्खेतको सिम्ता–१ को खनेटामा जेठ दुई गते पुनः मतदान हुने

शनिबार, ३१ वैशाख २०७९, २० : ३६
शनिबार, ३१ वैशाख २०७९

पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्बर १ को खनेटामा स्थगित भएको मतदान प्रक्रिया पुनः गरिने भएको छ । शुक्रबार मतदान भइरहेको बेला हस्ताक्षर नभएको मतपत्र भेटिएपछि दुवै समूहको कार्यकर्ताले मतदान स्थलमा ढुंगामुढा गरेपछि मतदान स्थगित गरिएको हो । 

खनेटामा रहेको भगवती माध्यमिक विद्यालयको मतदान केन्द्रमा जेठ २ गते मतदान गर्ने निर्णय भएको सिम्ता गाउँपालिकाका निर्वाचन अधिकृत नारायण सापकोटाले जानकारी दिए । उनकाअनुसार मतदान विहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप