शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

देउवाको गृह पालिकामा काँग्रेस विजयी

शनिबार, ३१ वैशाख २०७९, २० : ३५
शनिबार, ३१ वैशाख २०७९

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा इन्द्रबहादुर कार्की दोब्बर मतान्तरसहित निर्वाचित भएका छन् । कार्कीले ३ हजार ३८४ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेस बीपीका सुरेन्द्र मालीले एक हजार ६०४ मत पाएका छन् । त्यस्तै उपाध्यक्षमा पनि काँग्रेसकै उम्मेदवार ज्ञानुकुमारी सेटी विजयी भएकी छिन् । उनले ३ हजार १३ मत पाइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप