
कैलालीका कुन पालिकामा कसको अग्रता ?

कैलालीका १३ मध्ये ६ पालिकामा गठबन्धनका उम्मेदवारले अग्रता लगेका छन् ।
कैलाली गोदावरी नगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवारको अग्रता छ । यसैगरी चुरे गाउँपालिकामा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीको अग्रता रहेको छ । यसैगरी गौरीगंगा नगरपालिकामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवारको अग्रता रहेको छ ।
यसैगरी लम्कीचुहा नगरपालिकामा गठबन्धनबाट काँग्रेसका उम्मेदवारको अग्रता रहेको छ । घोडाघोडी नगरपालिकामा गठबन्धनबाट नेकपा एसका उम्मेदवारको अग्रता रहेको छ । जानकी गाउँपालिकामा पनि गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवारको अग्रता रहेको छ । कैलालीको दुई स्थानीय तह बर्दगोरिया गाउँपालिका र भजनी नगरपालिकामा एमालेका उम्मेदवारको अग्रता रहेको छ ।
यसैगरी कैलारी गाउँपालिकामा राप्रपाका उम्मेदवारको अग्रता रहेको छ, भने टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिकामा रेसम चौधरीकी श्रीमती अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीको अग्रता रहेको छ । सुदूरपश्चिमकै एक मात्र उपमहानगरपालिका रहेको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता रहेको छ । कैलालीको मोहन्याल गाउँपालिकामा भने मतपेटिका संकलन कार्य भइरहेको कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ