मध्यविन्दुको मतगणना सुरु

नवलपरासीको मध्यविन्दु नगरपालिकाको मतगणना सुरु भएको छ । जिल्लाको सातवटा स्थानीय तहमा शुक्रबार रातिदेखि नै मतगणना सुरु भएको भए पनि मध्यविन्दुमा भने शनिबार साँझ ६ः३० बजेदेखि मतगणना सुरु भएको हो ।
मतगणना गर्ने विषयमा बसेको सर्वदलीय बैठक कुनै निर्णय आउन सकेको छैन । दलले निर्णय लिन नसकेपछि मतगणना सुरु भएको मध्यविन्दु नगरपालिकाका निर्वाचन अधिकृत महेन्द्र पौडेलले जानकारी दिए । सदर गर्ने मत र बदर गर्ने मतको विषयमा सहमति जुटेपछि मध्यविन्दुको वडा नं १ बाट मतगणना सुरु गरिएको पौडेलले बताए । पन्ध्र वटा वडा रहेको मध्यविन्दु नगरपालिकाको मतगणना वडा नं १ मा सकिएपछि १५ को गर्ने र १५ को सकिएपछि २ को गर्ने गरी तयारी भएको पौडेलले बताए ।
चौवालीस हजार ९६४ मतदाता रहेको मध्यविन्दु नगरपालिकामा ३२ हजार ८९३ मत खसेको थियो । मतगणना भइरहेको वडा नं १ मा दुई हजार २०८ मत खसेको जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्माले जानकारी दिए । मध्यविन्दु नगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट नगरप्रमुखमा नेपाली काँग्रेसका सूर्य गुरुङ र नेकपा (एमाले)का तर्फबाट भीमलाल अधिकारी उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न