लम्कीचुहा नगरपालिकामा मतगणना जारी, यस्तो छ पछिल्लो मतपरिणाम
कैलालीको लम्कीचुहा नगरपालिकामा दिउँसोबाट मतगणना सुरु भएको छ । अहिले मतगणना जारी छ । लम्कीचुहाको वडा नम्बर १ बाट मतगणना सुुरु भएको हो । अहिले सम्मको मतगणनाअनुसार नगरमा गठबन्धन र वडामा नेकपा एमाले अगाडी रहेको छ । गठबन्धनका तर्फबाट मेयर सुशिला शाहीले ५८ मत पाएकी छन् भने नेकपा एमालेका मेयर पदका उम्मेदवार महादेव बजगाईंले ५५ मत पाएका छन् ।
त्यसैगरि गठबन्धन दलका उपमेयर जानकी सिंहले ५५ मत प्राप्त गरेकी छन भने एमाले बाट उपमेयर जुना चौधरीले ५८ मत प्राप्त गरेको निर्वाचन अधिकृत हीरालाल चौधरीले जानकारी दिएका छन् । वडा नम्बर १ का वडा अध्यक्ष पदका उम्मेदवार लालबहादुुर कुमालले १९ मत पाएका छन् भने नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार नेत्र प्रसाद खनालले २२ मत पाएका छन् ।
लम्कीचुहा नगरपालिका वडा नम्बर ४ मा एमालेका अध्यक्ष पदका उम्मेदवार लालबहादुर बोगटीले २६ मत पाएका छन् भने गठबन्धनबाट एकीकृत समाजवादीका ताराप्रसाद अधिकारीले २३ मत प्राप्त गरेका छन् ।
लम्कीचुहामा १० वडा रहेका छन् । सबैभन्दा बढी जनसंख्या रहेको वडा नम्बर १ लाई महत्वको साथ हेरिएको छ । जम्मा मतदाता संख्या १० हजार १ सय २४ मध्ये ५ हजार ९ सय ३५ मत खसेको छ । ५३ हजार ९ सय ४६ मतदाता रहेको लम्कीचुहामा ३३ हजार ९ सय ४८ गरि ६३ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।