हुम्लामा गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप, तीन जना घाइते
शनिबार, ३१ वैशाख २०७९, १९ : १९
हुम्लाको खार्पुनाथ गाउँपालिकाको पालिका केन्द्र याङचुमा मतगणनाको क्रममा झडप हुँदा तीन जना घाइते भएका छन् ।
मतगणना स्थलमा गएका एमालेका कार्यकर्तामाथि गठबन्धनका कार्यकर्ताले ढुंगामुढा गरेका हुन् । आक्रोशित गठबन्धनका कार्यकर्ताले गरेको आक्रमणमा परी ६१ वर्षीय छत्र शाही, अन्दाजी ४५ वर्षीय मन्दिर ऐडी र उनका छोरा घाइते भएका छन् ।
६१ वर्षीय शाही र ४५ वर्षीय ऐडीको उपचार भइरहेको छ । ऐडीका छोराको टाउकोमा गम्भीर चोट लागेको छ । घाइते तीन जनालाई हेलिकोप्टरमार्फत उद्धार गरी जिल्ला अस्पताल लगिएको बराह दल गुल्म रानीवनका गुल्मपति गणेश खड्काले बताए ।
हुम्लाका विभिन्न स्थानमा झडप भएको छ । सर्केगाड गाउँपालिका दुल्लुमा समेत झडप हुँदा घाइते भएकाहरूलाई अहिले हेलिकोप्टरबाट उद्धार गरी जिल्ला अस्पताल लगिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ अशोक राई नेतृत्वको कार्यसमिति
-
रामकुमार र इन्दुकुमारीलाई माओवादीले जिम्मेवारीबाट हटायो
-
अन्तिम क्षणमा किन रोकियो नेपाल र भारतका सर्वोच्च अदालत बिचको एमओयू ?
-
परीक्षा नियन्त्रक जोशीसहित जिम्मेवार अधिकारीहरूलाई कारबाही गर्न सिफारिस
-
जापानी विदेशमन्त्री योको स्वदेश फिर्ता
-
वनमा आगो लगाएको आरोपमा एक जना पक्राउ