ओलीको गृहनगर दमक नगरपालिकामा राप्रपाका उम्मेदवार थापाले घटाए मतान्तर
शनिबार, ३१ वैशाख २०७९, १९ : १९
एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकाका नगर प्रमुखमा राप्रपाका उमेदवार राम थापाले मतान्तर घटाउन थालेका छन् । ११०० मत गणना गर्दा नेकपा एमालेकी गीता अधिकारीले ५१२ मत प्राप्त गरेकी छन् । राप्रपाका थापाले भने ४८२ मत ल्याएका छन् ।
उपमेयरमा काँग्रेसकी रेगिना भट्टराईले ४७६ र एमालेका अम्बिका खनालले ४६३ मत प्राप्त गरेकी छन् । दमकमा अहिले वडा नम्बर १ को मतगणना भइरहेको छ । वडाध्यक्षमा एमाले ५०१ र राप्रपा ४७२ मत ल्याएका छन् ।
एमाले अध्यक्ष केपी ओलीको गृहनगर दमकमा राप्रपा, काँग्रेस र जसपाले गठबन्धन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुग्लिन–पोखरा सडक : पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
-
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बाल क्यान्सरको निःशुल्क उपचार
-
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
-
थोरै फिल्म होस्, तर राम्रो छान्छु : वर्षा राउत
-
मेलामा कुटपिट गर्ने ५ जनामाथि मुद्दा दायर
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)