मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको गृहनगर दमक नगरपालिकामा राप्रपाका उम्मेदवार थापाले घटाए मतान्तर

शनिबार, ३१ वैशाख २०७९, १९ : १९
शनिबार, ३१ वैशाख २०७९

एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर  दमक नगरपालिकाका नगर प्रमुखमा राप्रपाका उमेदवार राम थापाले मतान्तर घटाउन थालेका छन् ।  ११०० मत गणना गर्दा नेकपा एमालेकी गीता अधिकारीले ५१२ मत प्राप्त गरेकी छन् । राप्रपाका थापाले भने ४८२ मत ल्याएका छन् । 

उपमेयरमा काँग्रेसकी रेगिना भट्टराईले ४७६ र एमालेका अम्बिका खनालले ४६३ मत प्राप्त गरेकी छन् । दमकमा अहिले वडा नम्बर १ को मतगणना भइरहेको छ ।  वडाध्यक्षमा एमाले ५०१ र राप्रपा ४७२ मत ल्याएका छन् ।

एमाले अध्यक्ष केपी ओलीको गृहनगर दमकमा राप्रपा, काँग्रेस र जसपाले गठबन्धन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप