बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बैतडीका ६ वडाको मत परिणाम सार्वजनिक : ३ मा एमाले, ३ मा काँग्रेस विजयी

शनिबार, ३१ वैशाख २०७९, १८ : ५२
शनिबार, ३१ वैशाख २०७९

बैतडीका ६ वडा मध्ये ३ वडामा नेकपा एमाले र ३ वडामा नेपाली काँग्रेस विजयी भएका छन् ।  बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेका विष्णु भट्ट विजयी भएका छन् । भट्ट निवर्तमान वडाध्यक्ष काँग्रेसका भुवनराज भट्टलाई २४ मतले पराजित गर्दै विजयी भएका हुन् । विष्णुले ८ सय १४ मत प्राप्त गरेका थिए । यस्तै भुवनले ७ सय ९० मत ल्याए ।

पराजित भएका भुवन काँग्रेसका नगर सभापतिसमेत हुन् । यसैगरी दशरथचन्द नगरपालिका वडा नम्बर ११ मा  एमालेका जयदत्त पन्त प्यानलसहित विजयी भएका छन् । जिल्लाको सुरनया गाउँपालिका वडा नम्बर १ मा एमालेका धनबहादुर चन्द विजयी भएका हुन् । 

यस्तै जिल्लाका ३ वडामा काँग्रेसले विजय हासिल गरेको छ । पुर्चौडी नगरपालिका वडा नम्बर १० मा काँग्रेसका हिक्मत विष्ट विजयी भएका छन् । सिगास गाउँपालिका १ मा काँग्रेसकै रामचन्द्र ऐरी विजयी भएका छन् । त्यसैगरी जिल्लाको शिवनाथ गाउँपालिका १ मा काँग्रेसका बल्देब सिंह चाड विजयी भएका छन् । ८४ वडा रहेको बैतडीका अन्य वडाको मत परिणाम आउन बाँकी रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप