डडेल्धुरामा एमालेले खाता खोल्यो
शनिबार, ३१ वैशाख २०७९, १८ : ४८
डडेल्धुरामा नेकपा एमालेले खाता खोलेको छ। आलिताल गाउँपालिका– १ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार यज्ञबहादुर देउवा (योगेन्द्र) विजयी भएका छन्। देउवाले नेपाली काँग्रेसका गम्भीर सिंह बोहरालाई हराउँदै वडाध्यक्षमा विजयी भएका हुन्। देउवाले ४ सय ५७ मत प्राप्त गर्दा उनको निकटतम प्रतिद्वन्द्वी बोहराले ३७७ मत ल्याए।
महिला सदस्यमा हिमा ओली ४ सय २४ र दलित महिला सदस्यमा नारदादेबी कामी ३ सय ९२ मत प्राप्त गर्दै विजय भएका छन्। उनको प्यानलका खुला सदस्य प्रकाश थापा ३४८ र तुलाराम बोहरा ३६७ पराजित भएका छन्।
खुला सदस्यमा नेपाली काङ्ग्रेसबाट रामबहादुर बोगटी ३ सय ९६ र कृष्ण खड्का ३८० मत ल्याउँदै विजयी भए।नेकपा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार सुरत बोहराले ६५ मत प्राप्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली, गण्डकी र कोशी नदी सभ्यतामा आधारित सांस्कृतिक पर्यटन विकास गर्न संयन्त्र निर्माण गरिने
-
न्यून लक्ष्य भएपनि रक्षा गर्छौं भन्ने थियो : विपिन शर्मा
-
पदीय आचरण र मर्यादामा रहन संसद् कर्मचारीलाई निर्देशन
-
जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नल्याउन सर्वोच्चको अन्तरिम आदेश
-
अमरेशको आरोप– कुलमान हटाउने र सभापतिले श्रीमतीलाई नबचाएसम्म लेखा समिति बैठक बस्दैन
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव