बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

राजपुरमा माओवादीको अग्रता

शनिबार, ३१ वैशाख २०७९, १८ : ४५
शनिबार, ३१ वैशाख २०७९

दाङको राजपुर गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का चक्रबहादुर खड्का (शिखर)ले अग्रता कायम राखेका छन् । रात्रि प्रावि गंगदीमा जारी मतगणना अनुसार ३५ सय मतगणना गनिसक्दा खड्काले १२ सय ९९ मत हासिल गरेका छन्। खड्का ३ सय ६ मतले उम्मेदवार अगाडि छन्। नेपाली काँग्रेसबाट शरदकुमार बुढाथोकीले ९ सय ९३ मत प्राप्त गरेका छन् । एमालेबाट कुलराज गिरीले ८ सय ८५ मत प्राप्त गरेका छन् 

त्यसैगरी गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट पुष्पा यादवले १३ सय १३ मत प्राप्त गर्दा, नेपाली काँग्रेसबाट धनपतिदेवी यादवले १ हजार २० मत प्राप्त गरेकी छिन। एमालेबाट उपाध्यक्ष पदका उम्मेदवार सीता यादवले ८ सय ४५ मत प्राप्त गरेकी छिन । राजपुरको वडा ६ र ७ मा गणना भइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप