
पर्वतको पैंयु गाउँपालिकामा १५१६ मतगणना हुँदा एमालेले लियो अग्रता

पर्वतको पैंयु गाउँपालिका मतगणना १५ सय १६ मत गर्दा नेकपा एमालेले अग्रता लिएको छ । एमालेमा उम्मेदवार महेन्द्र श्रेष्ठले ७६१ मत प्राप्त गर्दा गठबन्धनका राज मल्ल ठकुरीले ७५५ मत प्राप्त गरेका छन् । यस्तै, उपाध्यक्षमा एमालेका यामकुमारी रानाले ७७७ मत प्राप्त गरी अग्रता लिएकी छन् भने गठबन्धनकी जानकी प्रधानले ७१५ ल्याएकी छन् ।
पैयुं गाउँपालिका वार्ड १ टकलाकको वडा अध्यक्षमा मीन न्यौपाने रुख ४२४ प्राप्त गरी निर्वाचित भएका भएका छन् । यस्तै न्यौपानेका प्रतिद्वन्द्वी एमालेका प्रेमबहादुर राना ३४७ मत ल्याएका थिए ।
यस्तै,पैंयु गाउँपालिका २ त्रिबेणीको वडा अध्यक्षमा एमालेका उम्मेवार नरभुपाल काफ्लेले २६७ मत प्राप्त गरेका छन् भने गठबन्धनका तेजबहादुर रानाले २५२ मत ल्याएका छन् । वडा नम्बर ३ बेउलीबासका एमालेबाट वडाअध्यक्षका उम्मेदवार चन्द्रबहादुर थापाले १०५ मत प्राप्त गरेका छन् भने गठबन्धनका उम्मेदवार थानप्रसाद भुसालले ८३ मत ल्याएका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ