शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुर महानगरमा रेनुले विजयलाई उछिनिन्, ६ मतको मतान्तर

शनिबार, ३१ वैशाख २०७९, १८ : ०४
शनिबार, ३१ वैशाख २०७९

भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनका उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन् । महानगरको ३०० मत गन्दा  नेकपा माओवादी केन्द्रकी नेतृ रेनुले ११६ मत ल्याएकी छन् भने एमालेका मेयरका उम्मेदवार विजय सुवेदीले ११० मत ल्याएका छन् । सुवेदी भन्दा दाहाल ६ मतले अघि छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३५ मत पाएका छन् ।  

उपमेयरतर्फ गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारीले १४० र  एमाले - राप्रापाकी उम्मेदवार हिमला गुरुङले ८० मत पाएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप