सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

विदुर नगरपालिकामा गठबन्धनको अग्रता कायमै

शनिबार, ३१ वैशाख २०७९, १७ : ३७
शनिबार, ३१ वैशाख २०७९

नुवाकोट जिल्लाको विदुर नगरपालिकामा गठबन्धनका साझा उम्मेदवार राजनलाल श्रेष्ठले आफ्नो अग्रता कायमै राखेका छन् । नगरपालिकाको १, २ र ३ वडाको कुल १४५० मत गन्दा श्रेष्ठले ७०७ मत प्राप्त गरेका छन् । यस्तै उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मेयरका उम्मेदवार सञ्जु पण्डितले ५२९ मत पाएका छन् । 

यता उपमेयर तर्फ भने नेकपा एमालेकी उम्मेदवार अम्बिका नेपालले ४७९ मतसहित अग्रता कायमै राखेकी छिन् । गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रभा बोगटी ४४१ मतसहित नेपाललाई पछ्याइरहेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप