बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रोल्पाको गंगादेवमा काँग्रेसको अग्रता

शनिबार, ३१ वैशाख २०७९, १७ : १८
शनिबार, ३१ वैशाख २०७९

रोल्पाको गंगादेव गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । नेकपा माओवादी केन्द्र, काँग्रेस र नेकपा एमालेको त्रिपक्षीय भिडन्तमा काँग्रेसले अग्रता लिएको हो । माओवादी केन्द्रले एकीकृत समाजवादीसँग तालमेल गरेको थियो । 

काँग्रेसका अध्यक्ष उम्मेदवार हरिबहादुर पुनले ९२३ मत, एमालेका रोशन ओलीले ७११ मत र माओवादीका वीरबहादुर खत्रीले ४९४ मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा काँग्रेसकी अमृताकुमारी केसी ओलीले ८९७ मत, एमालेकी निर्मलाकुमारी ओलीले ६५७ मत र एकीकृत समाजवादीका संयूक्त उम्मेदवार नेपबहादुर डाँगीले ३८७ मत ल्याएका छन् ।

विप्लव समुहका चुडामणि ओलीले  १५४ मत र उपाध्यक्षमा शुशिला ओलीले ४२ मत मात्रै ल्याएकी छिन् । गंगादेवमा त्रिपक्षीय भिडन्त भएकाले माओवादीले जित्ने सम्भावना कम देखिएको छ । यसअघि अध्यक्ष र उपाध्यक्ष दुबै माओवादीले जितेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप