बुटवल उपमहानगरपालिका १ मा स्वतन्त्र उम्मेदवार बस्नेत विजयी
शनिबार, ३१ वैशाख २०७९, १७ : ०२
बुटवल उपमहानगरको वडा न १ मा स्वतन्त्रता उम्मेदवार नरेन्द्र बस्नेत विजयी भएका छन् । उनी पुतली चुनाव चिन्हबाट चुनाव लडेका थिए । उक्त वडामा कांग्रेसका चार सदस्य विजयी भएका छन् ।
काँग्रेसका महिला सदस्य निलम गौतम, दलित महिला सदस्य प्रेमशीला धोवी,अशोक राई र आदिल अहमद खाँण विजयी भएका हुन् ।
एमालेबाट चुनावी मैदानमा रहेका महेन्द्र लिगल र कांग्रेसबाट अध्यक्षको दौडमा रहेका माधव प्रधानलाई पराजित गर्दै बस्नेतले विजयी भएका हुन् ।
विजयी बस्नेतले ६ सय ३६ मत ल्याएका छन् भने महेन्द्रले ५५१ मत ल्याएका छन् ।काँग्रेसका उम्मेदवारले ३४८ मत ल्याएका छन् ।
उनलाई काँग्रेसले केहि दिनअघि मात्रै कारबाही गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोनाल्डो चम्किँदा अल नासरको जित
-
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
-
मुग्लिन–पोखरा सडक : पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
-
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बाल क्यान्सरको निःशुल्क उपचार
-
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
-
थोरै फिल्म होस्, तर राम्रो छान्छु : वर्षा राउत