युएईका शेखको निधनप्रति राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शोक व्यक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले युएईका शेख खलिफा बिन जायेद अल नहयानको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेकी छिन् ।
भण्डारीले आफ्नो शोक वक्तव्यमा शेख खलिफालाई दूरदर्शी नेता बताएकी छिन् । उनले भनेकी छिन्, ‘दिवंगत शेख खलिफा बिन जायेद अल नहयान एक दूरदर्शी नेता र राजनेता थिए । उनको अतुलनीय योगदानले युएईलाई समृद्ध र आधुनिक बन्न सघाउ पुर्याएको छ ।’
सन् १९४८ मा जन्मेका शेख खलिफा सन् २००४ मा पिता शेख जायद अल नाह्यानको उत्तराधिकारी बनेका थिए । युएईको शासनका लागि सातै एमिरेटका राजा (अमिर) सम्मिलित एक संघीय सर्वोच्चले परिषद छ र त्यसको अध्यक्ष (राष्ट्रपति) एमिरेटमा सातमध्ये सबैभन्दा ठूलो अबु धावीका अमिर स्वत युएईको राष्ट्रपति हुने व्यवस्था छ। त्यस्तै दोस्रो ठूलो एमिरेट दुबईका अमिर प्रधानमन्त्री हुन्छन् ।
सन् २००४ मा उनका पिता तथा युएईका संस्थापक जायद विन सुल्तान अल नाह्यानको मृत्युपछि खलिफा विन जायाद अल नाह्यान राष्ट्रपति बनेका थिए। तथापि सन् २०१४ मा गम्भिर प्रकारको हृदयघातबाट थलिएर हिँडडुल गर्न नसकेपछि उनका सौतेनी भाइ मोहम्द बिन जायेद बिन सुल्तान अल नाह्यानले उनको सबै काम गर्दै आएका थिए। उनको भूमिका सेरेमोलियलमा सिमित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
माइक्रो म्यानेजमेन्टबाट पछि हट्यो अर्थ मन्त्रालय, रकमान्तर र कार्यक्रम संशोधनमा खुकुलो नीति
-
'चमेलीको पोइ'को 'ओइ ओइ चमेली तम्रा शेरे खोइ' सार्वजनिक
-
क्यान्सर जितेकी पहिलो मोडल डली बनिन् ‘मिसेस नेपाल युनिभर्स २०२६’
-
‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
-
‘बम्पर चिठ्ठा’ निर्माण घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण