शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरमा २ सय मत गन्न लाग्यो साढे ३ घण्टा

शनिबार, ३१ वैशाख २०७९, १६ : ४६
शनिबार, ३१ वैशाख २०७९

ललितपुर महानगरपालिकाको मत गणना निकै सुस्त भएको छ । ललितपुरको जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण केन्द्रमा २ सय मत गणना गर्न ३ घण्टा समय लागेको छ । यतिबेला महानगरपालिकाको वडा नम्बर १ को मतगणना भइरहेको छ । मतगणना कार्य ढिलो भएपछि मतगणनाका लागि थप अर्को टोली बनाउन लागिएको छ ।

 २ सय मत गन्दा गठबन्धनबाट नेपाली काँग्रेसका मेयरका उम्मेदवार चिरिबाबु महर्जनले ११० मत ल्याएका छन् भने एमालेका हरिकृष्ण व्यञ्जनकारले ४७ मत प्राप्त गरेका छन् । ​उपमेयरमा भने एमाले ६४ मतसहित अघि रहेको छ । माओवादीका उम्मेदवारले ३७ मत प्राप्त गरेका छन् । २०० मतमध्ये ३ मत बदर भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप