शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कालिकोटको महावैमा मतगणनास्थल नजिकै झगडा गर्नेहरुबाट पेस्तोल बरामद

शनिबार, ३१ वैशाख २०७९, १६ : ४४
शनिबार, ३१ वैशाख २०७९

कालिकोटको महावै गाउँपालिका–२ गैंडाखानास्थित तिला नमुना माविमा मतगणना स्थलबाहिरबाट सेनाले पेस्तोल बरामद गरेको छ । मतगणना स्थलभन्दा करिब ३ सय मिटर पर झगडा हुँदा कटुवा पेस्तोल भुँइमा खसेको थियो । नेपाली सेनाको टोलीले झगडा गर्ने मध्येका २५ वर्षका प्रकाश शाही र बरामद पेस्तोल प्रहरीलाई जिम्मा लगाएको कालिकोटका डिएसपी चक्र शाहले रातोपाटीलाई बताए ।  

शाही महावै–५ का स्थानीय हुन् । झगडामा संलग्न अन्य युवाहरु भागेका छन् । पेस्तोल बोक्ने युवकबारे अनुसन्धान भइरहेको डिएसपी शाहले जानकारी दिए । मतगणना स्थल नजिकैको होटलमा बसेर खाजा खाइरहेको बेला झगडा हुँदा भुइँमा खसेको अवस्थामा सेनाको टोलीले १ राउण्ड गोली लोड गरेको पेस्तोल बरामद गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप