
बालेनको अग्रतापछि ठूला दलमाथि दीपकले गरे कटाक्ष

काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । सबैको सर्वाधिक चासोको केन्द्र रहेको महानगरपालिकाको अहिलेसम्मको नतिजामा स्वतन्त्र उम्मेदवार बालेन साह अगाडि छन् । उनलाई नेपाली काँग्रेसकी उम्मेदवार श्रृजना सिंह र नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन् ।
बालेनको अग्रतालाई लिएर सामाजिक संजालमा विभिन्न अनुमान लगाउन थालिएको छ । धेरैले महानगरपालिकाको मेयरमा बालेन साह विजय हुने अनुमान गरेका छन् ।
यस्तैमा कलाकार दीपकराज गिरीले पनि महानगरपालिकाको अहिलेसम्मको मत परिणामलाई हेरेर बालेनले निर्वाचन जित्ने आँकलन गर्दै दुई ठुला दलमाथि कटाक्ष गरेका छन् । उनले लेखेका छन् ,‘प्रारम्भिक मतपरिणाम हेर्दा काठमाडौं महानगरपालिकामा एमाले र काँग्रेस मिलेर चुनाव लडेको भए बालेन साहलाई हराउन सक्ने रहेछन् ।’
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ