प्युठानको झिमरूकमा माओवादीको अग्रता
शनिबार, ३१ वैशाख २०७९, १६ : २३
प्युठानको झिमरुक गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । कुल २ सय मत गणना हुँदा माओवादी केन्द्र पितबहादुर एमसीले अध्यक्षमा ११६ मत ल्याएका हुन् । उपाध्यक्षमा विष्णु घर्तीले मगरले १२२ मत ल्याएका छन् । झिमरूकमा माओवादी एमाले गठबन्धन छ ।
यस्तै नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चाबाट संयूक्त उम्मेदवारको रुपमा राष्ट्रिय जनमोर्चाका टिकाबहादुर जिसीले ६१ मत र काँग्रेसबाट उपाध्यक्षमा प्रमोद पोखरेलले ५६ मत ल्याएका छन् ।