इटहरी उपमहानगरपालिकामा काँग्रेसले मतान्तर बढाउँदै
शनिबार, ३१ वैशाख २०७९, १६ : १८
सुनसरीको इटहरी उपमहानगरपालिकामा नेपाली काँग्रेसले अग्रता बढाउँदै लगेको छ । सुनसरीमा सत्ता गठबन्धनबीच तालमेल रहेकामा काँग्रेसले मेयर र एकीकृत समाजवादी पार्टीले उपप्रमुख पाएको छ। एमाले भने एक्लै भिडन्तमा रहेको छ ।
इटहरीमा काँग्रेसका मेयर पदका उम्मेदवारले १३४ मत पाउँदा एमालेका उम्मेदवारले ७८ मत पाएका छन् । यस्तै उपमेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले ९६ मत पाउँदा एमालेका उम्मेदवारले ८८ मत पाएका छन् ।