शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मोरङमा प्रारम्भिक रुझान एमालेको पक्षमा

शनिबार, ३१ वैशाख २०७९, १६ : ०१
शनिबार, ३१ वैशाख २०७९

२०७४ सालको निर्वाचनमा ५ पालिकामा विजयी भएको नेकपा एमालेले यस पटक मोरङमा सकारात्मक सुरुवात गरेको छ  । यसअघि काँग्रेसले जितेको उर्लाबारीमा यसपटक एमालेले अग्रता लिएको छ । हालसम्म गणना भएको ६०२ मध्ये एमाले २२१ मतका साथ अगाडि छ । प्रतिस्पर्धामा रहेको नेपाली काँग्रेसले १३० मत मात्रै पाएको छ । 

यस्तै विराटनगरमा भने नेपाली काँग्रेसले अग्रता लिएको छ । काँग्रेसलाई २५० मत प्राप्त भएको छ भने एमालेका लागि १७१ मत मात्रै प्राप्त भएको छ । विराटनगरमा यसअघि नेपाली काँग्रेसले जितेको थियो । 

यस्तै यसअघि नेपाली काँग्रेसले जितेको लेटाङ नगरपालिकामा पनि प्रमुख पदमा नेकपा एमाले अगाडि देखिएको छ । प्रारम्भिक मत परिणाम एमालेको पक्षमा १०९ मत रहेको छ भने निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसले ८० मत पाएको छ । लेटाङमा काँग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको छ ।

यस्तै मोरङको कानेपोखरी गाउँपालिकामा पनि नेकपा एमाले निक्कै अगाडि छ । निर्वाचन आयोगले सार्वजनिक गरेको परिणाम अनुसार एमाले ८३६ मतका साथ पहिलो स्थानमा छ । यसैगरी नेपाली काँग्रेस ५४६ मत पाएको छ । उक्त पालिकामा पनि यसअघि नेकपा एमालेले जितेको थियो । 

यस्तै बेलबारीमा पनि नेकपा एमाले अगाडि देखिएको छ । बेलबारीमा एमाले ३०१ मत ल्याएर अग्रस्थानमा रहँदा काँग्रेस १५७ मतका साथ एमालेलाई पछ्याइरहेको छ ।

मोरङको मिक्लाजुङमा भने गठबन्धन दलको तर्फबाट काँग्रेसका उम्मेदवार अगाडि देखिएका छन् । मिक्लाजुङमा काँग्रेसले ३११ मत ल्याउँदा एमालेले २६५ मतका साथ पछ्याइरहेको छ । मिक्लाजुङ र बेलबारी भने यसअघि एमालेले जितेको थियो । 

यसैबीच यसअघि नेपाली काँग्रेसले जितेको मोरङको केराबारी गाउँपालिकामा पनि एमाले अगाडि देखिएको छ । एमालेलाई ५० मत प्राप्त भएको छ भने प्रतिस्पर्धी दल नेपाली काँग्रेसलाई ४५ मत प्राप्त भएको छ ।

यस्तै मोरङको रंगेली नगरपालिकामा पनि एमाले अगाडि देखिएको छ । एमालेले ४८७ मत ल्याउँदा काँग्रेसले ३९२ मत पाएको छ । यसअघि उक्त पालिमा नेकपा माओवादी केन्द्रले जितेको थियो । 

यस्तै मोरङकै धनपालथानमा एमाले नै अगाडि देखिएको छ । एमालेले २६६ मत ल्याउँदा काँग्रेसले २४७ मत ल्याएको छ । उक्त पालिकामा यसअघि नेपाली काँग्रेसले जितेको थियो । 

यस्तै जहदा गाउँपालिकामा भने यस पटक नेपाली काँग्रेस अगाडि आएको छ । ०७४ सालको निर्वाचनमा जसपाले जितेको उक्त पालिकामा काँग्रेस यो पटक २३७ मतका साथ अगाडि छ । दोस्रो स्थानमा भने नेकपा माओवादी रहेको छ । माओवादीले उक्त पालिकामा १२५ मतका साथ पछ्याइरहेको छ । 

यता कटहरी गाउँपालिकामा साबिक विजेता काँग्रेसकै अग्रता देखिएको छ । कटहरीमा काँग्रेसले ३५४ मत ल्याउँदा एमालेले १८९ मतका साथ पछ्याइरहेको छ । 

यस्तै यसअघि एमालेले जितेको ग्रामथान गाउँपालिकामा भने नेपाली काँग्रेस अगाडि देखिएको छ । काँग्रेसले ३१५ मत ल्याउँदा उक्त पालिकामा एमालेले १८१ मत ल्याएको छ । 

यस्तै सुनवर्षी नगरपालिकामा भने साबिक विजेता काँग्रेस नै अगाडि देखिएको छ । त्यहाँ काँग्रेसले २३८ मत ल्याउँदा एमालेले २२३ मत ल्याएर पछ्याइरहेको छ ।

यस्तै बुढीगंगा गाउँपालिकामा पनि काँग्रेसले अग्रता लिएको छ । काँग्रेसलाई ११६ मत प्राप्त हुँदा एमालेले उक्त पालिकामा ५० मतका साथ पछ्याउने कोशिस गरिरहेको छ । 

मोरङमा अहिलेपनि पथरीशनिश्चरे नगरपालिका, रतुवामाइ नगरपालिका र सुन्दरहरैंचा नगरपालिकाको भने प्रारम्भिक मत परिणाम आएको छैन । यी तीन पालिकामध्ये पथरी शनिश्चरे नगरपालिकामा विगतमा एमालेले जितेको थियो भने रतुवामाई र सुन्दरहरैंचामा काँग्रेसले जितेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप