आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौंको मतगणनाः वडा नम्बर २ को पनि मतगणना थालियो

शनिबार, ३१ वैशाख २०७९, १५ : ४२
शनिबार, ३१ वैशाख २०७९

काठमाडौं महानगरपालिकाको मतगणनालाई तीव्र पारिएको छ । गणनास्थल थप गरेर अहिले वडा नम्बर २ को पनि गणना गर्न थालिएको छ । यसअघि वडा नम्बर १ र ३२ को गणना हुँदै आएकोमा अहिले एकसाथ ३ वटा वडाको गणना भइरहेको हो । 

 महानगरको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै लगेका छन् । साहले २९७ मत पाउँदा दोस्रोमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १९२ मत प्राप्त गरेका छन् । त्यसै गरी तेस्रोमा नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले १४७ मत ल्याएकी छन् । बालेन र स्थापितको मतान्तर १०५ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप