आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

एएफसी एसियन कप चीनमा आयोजना नहुने

शनिबार, ३१ वैशाख २०७९, १५ : ०४
शनिबार, ३१ वैशाख २०७९

एएफसी एसियन कप–२०२३ चीनमा आयोजना नहुने भएको छ । चाइनिज फुटबल एसोसियनले आयोजकबाट नाम फिर्ता लिएको एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले जनाएको हो ।

एएफसीले सन् २०१९ मा चीनमा एसियन कप आयोजना गर्ने निर्णय गरेको थियो । प्रतियोगिता जुन १६ देखि जुलाई १६ सम्म हुने तालिका रहेको थियो । एसियन कपमा २४ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् । नेपाल पनि एएफसी एसियन कपको छनोट खेलिरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप