बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

तनहुँको आठ तहमा मतगणना जारी

शनिबार, ३१ वैशाख २०७९, १४ : ५६
शनिबार, ३१ वैशाख २०७९

स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँको आठ पालिकामा मतगणना सुरु गरिएको छ । जिल्लाका तीन पालिकामा शुक्रबार राति र पाँच पालिकामा शनिबारबिहानदेखि मतगणना सुरु भएको हो । 

बन्दीपुर गाउँपालिका, म्याग्दे, घिरिङ, भीमाद, ऋषिङ, देवघाट,  आँबुखैरेनी गाउँपालिका तथा शुक्लागण्डकी नगरपालिकामा मतगणना जारी छ । भानु नगर र व्यास नगरमा भने मतगणना सुरु हुनसकेको छैन । भानु नगरमा सर्वदलीय बैठक सम्पन्न भएर मतगणनाको तयारी थालिएको छ, भने व्यास नगरमा भने मतगणनामा अन्योल भएको छ । 

स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँमा ६४ प्रतिशत मत खसेको छ । जिल्लाका दश वटै पालिकाका २९७ मतदान केन्द्रमा भएको मतदानमा ६४ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । हालसम्म सार्वजनिक मतपरिणाम अनुसार बन्दीपुर गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ ।

 म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) र उपाध्यक्षमा नेपाली काँग्रेसले अग्रता लिएको छ । घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा तथा भीमाद नगरको प्रमुख र उपप्रमुखमा एमालेले अग्रता लिएको छ । आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)ले अग्रता लिएको छ । ऋषिङ, शुक्लागण्डकी र देवघाट गाउँपालिकाको भने मतपरिणाम सार्वजनिक भइसकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप