बुटवल उपमहानगरको मेयरमा काँग्रेसको अग्रता कायमै, उपमेयरमा राप्रपा अगाडि
शनिबार, ३१ वैशाख २०७९, १४ : ५३
रुपन्देहीको बुटवल उपमहानगरपालिकामा नेपाली काँग्रेसको अग्रता कायमै छ । उपमहानगरमा १४ सय मत गणना गर्दा काँग्रेसका मेयरका उम्मेदवार खेलराज पाण्डेले ६०३ मतसहित अग्रता बनाएका छन् ।
सत्ता गठबन्धनका साझा उम्मेदवार समेत रहेका काँग्रेसका पाण्डेलाई राप्रपाका मेयरका उम्मेदवार मृगेन्द्र शेरचनले ३०२ मत पाएका छन् । यस्तै नेकपा एमालेका बाबुराम भट्टराई २३९ प्राप्त गरी तेस्रो स्थानमा छन् ।
यता उपप्रमुखमा भने राप्रपाका भगवती पाण्डेले ३१९ मत पाएकी छन् । राप्रपाकी पाण्डेलाई एमालेकी सावित्रा अर्यालले २९४ का साथ पछ्याइरहेकी छिन् । यस्तै एकीकृत समाजवादीबाट उपमेयरमा गठबन्धनका साझा उम्मेदवार चिनबहादुर गुरूङले २४३ पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन