११ पालिकाको अन्तिम नतिजा : एमालेले ५ वटा जित्दा तीन पार्टीले जिते ६ अध्यक्ष
स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म ११ स्थानीय तहको प्रमुखको टुंगो लागेको छ । निर्विरोध र निर्वाचित गरी नेकपा एमालेले ५ स्थानीय तहको प्रमुख जितेको छ ।
नेपाली काँग्रेसले ३ स्थानीय तहमा प्रमुख जितेको छ भने नेकपा एसले डोल्पाका २ गाउँपालिकामा निर्विरोध प्रमुख जितेको छ । त्यस्तै माओवादी केन्द्रले डोल्पाको एक गाउँपालिकामा जित निकालेर खाता खोलेको छ । अहिलेसम्म एमालेले जितेका पालिका प्रमुखमा मुस्ताङका २, मनाङका २ र डोल्पाका एक छन् । मुस्ताङको लो–घकर दामोदरकुण्ड गाउपालिका र वारागुङ मुक्ति क्षेत्र तथा मनाङका मनाङ डिस्याङ र चामे गाउपालिका रहेका छन् । त्यसैगरी डोल्पाको शेफोक्सुण्डो गाउँपालिकामा पनि एमालेले जितेको छ ।
त्यसैगरी काँग्रेसले मनाङको नार्सो र नार्पाभुमि तथा मुस्ताङको घरपझोङ गाउपालिका रहेका छन् । नेकपा एकीकृत समाजवादी डोल्पाको काइके र छार्पा गाउँपालिकामा निर्विरोध भएको छ । त्यसैगरी माओवादी केन्द्रले एक पालिका जितेको छ । जसमा डोल्पाको जगदुल्लाको अध्यक्ष पदमा विजयी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता
-
लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते
-
बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस
-
सचिव सरुवाले हैरान सांसद : 'नम्बर सेभ गर्दा एउटा मन्त्रालयमा‚ फोन गर्दा अर्कै मन्त्रालयमा'
-
असदलाई छिट्टै भेट्नेछु : पुटिन