बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

डोल्पाबाट माओवादी केन्द्रले खाता खोल्यो

शनिबार, ३१ वैशाख २०७९, १४ : ४८
शनिबार, ३१ वैशाख २०७९

नेकपा माओवादी केन्द्रले डोल्पाको गजदुल्ला गाउँपालिकामा विजय हासिल गरेको छ । यससँगै माओवादीले जारी मतगणनामा अध्यक्ष पदमा खाता खोलेको छ । माओवादीका उम्मेदवारले  एमालेका उम्मेदवारलाई हराउँदै जित हासिल गरेका हुन् ।

निर्वाचन आयोगका अनुसार माओवादीबाट अध्यक्षका उम्मेदवार नरसिं रोकायाले ७७० मत पाए भने एमालेका हेमबहादुर महतराले ७४६ मत प्राप्त गरेर उपविजेता बने । 

यसैगरी उपाध्यक्षमा माओवादीकी अमरिता बोहरा ७५९ मतका साथ विजयी हुँदा एमालेकी चन्द्रावती थापा उपविजेता बनिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप