मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

झापाका पन्धै पालिकामा मतगणना

शनिबार, ३१ वैशाख २०७९, १४ : ३१
शनिबार, ३१ वैशाख २०७९

जिल्लाका १५ वटै पालिकामा मतगणना गर्न थालिएको छ । शिवतासाक्षी, अर्जुनधारा र मेचीनगरपालिकाले मध्यान्हपछि मतगणना सुरु गरेका हुन्  भने अधिकांश पालिकाले शनिबार रातिदेखि नै मतगणना सुरु गरेको मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले बताए । 

उनका अनुसार कतिपय स्थानमा सर्वदलीय बैठक बस्न ढिला भएका कारण मतगणना ढिलो भएको हो । मतगणना सुरु भएका स्थानमध्ये दमक, शिवसताक्षी, विर्तामोड नगरपालिकामा नेकपा एमाले अगाडि रहेको छ, भने, बुद्धशान्ति, गौरीगञ्ज, बाह्रदशी गाउँपालिका र भद्रपुर नगरपालिकामा नेपाली कांग्रेसले अगाडि रहेको छ । 

यसैगरी, हल्दिबारी गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी र कनकाई नगरपालिकामा स्वतन्त्र उम्मेदवार शेरबहादुर थापाको अग्रता रहेको छ । जिल्लामा छ लाख ४६ हजार २३४ मतदातामध्ये चार लाख ५५ हजार ४७६ मतदाताले मात्र मतदान गरेको मुख्य निर्वाचन अधिकृत गौतमको भनाइ थियो । उनले जिल्लामा ७० दशमलव ४८ मत खसेको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप