
नवलपुर बुलिङटार गाउँपालिका – १ मा काँग्रेसको प्यानल नै विजयी

नवलपुरको पहाडी भेग बुलिङटार गाउँपालिका वडा नंम्बर १ मा नेपाली काँग्रेसका उम्मेदवार दिल बहादुर सुर्यबंशी निर्वाचित भएका छन् । उनले जम्मा १४७० खसेको मतमा ७७३ मत ल्याई निर्वाचित भएका हुन् । सुर्यबंशी १७२ मतको अन्तरमा विजयी भएका हुन् ।
सुर्यबंशीसँगै काँग्रेसबाट महिला वडा सदस्यमा कमल अस्लामी मगरले ७३१, दलित महिला सदस्यमा थमिसरा विश्वकर्मा ७४४, खुल्ला सदस्य पदका उम्मेदवार कान्ताबहादुर आले ७३० र लालबहादुर गरञ्जा मगरले ७३८ मत ल्याई निर्वाचित भएका हुन् । यससँगै काँग्रेसका तर्फबाट उम्मेदवार रहेका सशिकिरण बस्ताकोटीले ६४४ र उपाध्यक्ष पदका उम्मेदवार दिलमाया राना मगरले ७३६ मत प्राप्त गरेका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ