बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

देउवाको गृह पालिकामा काँग्रेस अगाडि

शनिबार, ३१ वैशाख २०७९, १३ : २९
शनिबार, ३१ वैशाख २०७९

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहपालिकामा काँग्रेसले अग्रता बनाएको छ। मतगणना हुँदा गन्यापधुरा गाउँपालिकामा अध्यक्ष पदमा काँग्रेसका उम्मेदवार इन्द्र कार्कीले १३०९ र नेपाली काँग्रेस बिपीका सुरेन्द्र मालीले ५६७ मत पाएका छन्। नेकपा एकीकृत समाजवादीका नरबहादुर विष्टले १७८ मत प्राप्त गरेका छन्।

यस्तै उपाध्यक्षमा काँग्रेसका उम्मेदवार ज्ञानु सेटीले १२५७ र एमालेका उम्मेदवार इन्द्र महराले ५८७ मत पाएका छन् भने नेकपा माओवादी केन्द्रबाट चन्द्रबहादुर मल्लले ३१२ मत प्राप्त गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप