शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

माधव नेपालको गृहनगरमा समाजवादीको अग्रता

शनिबार, ३१ वैशाख २०७९, १३ : २५
शनिबार, ३१ वैशाख २०७९

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहनगर रौतहटको नगरपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ । शनिबारबाट सुरु भएको मतगणनामा एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार शम्भु साहले २७२ मत प्राप्त गर्दै सुरुवाती अग्रता लिएका हुन् । ४०० मत गणना गर्दा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार अजयकुमार गुप्ताले ६५ मत ल्याएका छन् भने नेपाली कांग्रेसका मोहनकुमार यादवले ४१ मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप