सिन्धुलीको मरिण गाउँपालिका १ मा माओवादीका गुर्माछान विजयी
शनिबार, ३१ वैशाख २०७९, १३ : १४
सिन्धुलीको मरिण गाउँपालिका वडा न १ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका हिरा बहादुर गुर्माछान विजयी भएका छन् । शनिबार सकिएको मतगणनामा माओवादी केन्द्रका उम्मेदवार गुर्माछान प्यानलसहित विजयी भएका हुन् ।
गुर्माछानले ५०६ मत प्राप्त गरेर विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका गोपीलाल लामिछाने मगरले ४३८ मत प्राप्त गरेको कलाकार दिनेश काफ्ले जानकारी दिए ।