बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंको शंखरापुरमा एमालेको अग्रता, उपप्रमुखमा काँग्रेस अगाडि

शनिबार, ३१ वैशाख २०७९, १३ : ०१
शनिबार, ३१ वैशाख २०७९

काठमाडौंको शंखरापुर नगरपालिका प्रमुखका उम्मेदवारमा एमालेले अग्रता लिएको छ । वडा नंबर १ र ९ को मतगणना हुँदा नगर प्रमुखका उम्मेदवार कृष्णलाल बजगाईले ४ सय १० मत पाएका छन् । १२ मतले पछि परेका  रमेश नापितले ३ सय ९८ मत पाएका छन् । तेस्रोमा एकीकृत समाजवादीका एलपी श्रेष्ठले ३ सय ४९ मत पाएका छन् । चौथोमा माओवादी केन्द्रका निरज केसीले १ सय ७९ मत पाएका छन् । 
यस्तै उपप्रमुखमा भने नेकपा एकीकृत समाजवादी र काँग्रेस गठबन्धनका  उपमेयरले अग्रता हासिल गरेको छ । काँग्रेस उपमेयरले ४ सय ९६ मत, एमाले उपमेयरले ३ सय २३ मत, राप्रपा उपमेयरले २ सय ८१ मत र माओवादी केन्द्रका उपमेयरले १ सय ८७ मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप