शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मतदान गरेर फर्किदा लडेर दुई जनाको मृत्यु

शनिबार, ३१ वैशाख २०७९, १३ : ००
शनिबार, ३१ वैशाख २०७९

धनकुटा र भोजपुरमा मतदान गरेर फर्किदा लडेर दुई जनाको मृत्यु भएको छ । धनकुटाको पाख्रिवास नगरपालिका-६ तीन दोभाने बस्ने ५६ वर्षीय गणेश बरालको लडेर शुक्रबार साँझ मृत्यु भएको छ हो ।

प्रहरीका अनुसार सोही नगरपालिका-६ स्थित फलाटे मावि मतदान केन्द्रबाट भोट हाली घर फर्किने क्रममा तीन दोभानेचोक नजिक बाटोको छेउमा लडेर उनको मृत्यु भएको हो । भोजपुरको टेम्केमैयुङ गाउँपालिका-९ सिकुवा बस्ने ३५ वर्षीया तारा राईको लडेर शुक्रबार साँझ मृत्यु भएको छ ।

सोही ठाउँस्थित देबी माध्यमिक विद्यालय भबन लेखर्क मतदान केन्द्रमा मतदान गरी घर फर्कने क्रममा सोही ठाउँस्थित पान्धारे लेखर्क जाने बाटोबाट करिब ३ सय मिटर तल लडेर उनको घटनास्थलमै मृत्यु भएको हो । दुबै घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप