शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तनहुँका दुई पालिकामा एमाले,  एकमा  माओवादीको अग्रता

शनिबार, ३१ वैशाख २०७९, १२ : ५१
शनिबार, ३१ वैशाख २०७९

स्थानीय तहको निर्वाचनअन्तर्गत जारी मतगणनामा तनहुँका दुई पालिकामा नेकपा (एमाले) र एक पालिकामा नेकपा(माओवादी) केन्द्रले अग्रता लिएको छ । प्राप्त मतपरिणामअनुसार जिल्लाको म्याग्दे र घिरिङ गाउँपालिकामा एमालेले अग्रता लिएको छ भने बन्दीपुर गाउँपालिकामा माओवादीले अग्रता लिएको छ । नौ सय मतगणना हुँदा म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार श्रीप्रसाद श्रेष्ठले ४६८ र नेपाली कांग्रेसका मायादेवी रानाले ३४४ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा एमालेकै रत्ना घिमिरेले ३७४ र नेपाली कांग्रेसका बालकृष्ण घिमिरेले ४१६ मत प्राप्त गरेका छन् । 

घिरिङ गाउँपालिकाको अध्यक्षमा एमालेका होमबहादुर थापाले ३०० मत प्राप्त गरेका छन् भने कांग्रेसका गङ्गा कुमाले १७५ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा एमालेकी राधा अधिकारीले ३१२ मत प्राप्त  गरेकी छिन् भने गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका पूर्ण थापाले १३६ मत प्राप्त गरेका छन्  । 

    बन्दीपुर गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका पूर्णसिं थापाले ३५०, एमालेका सुरेन्द्र थापाले २९८ र नेपाली कांग्रेसका धु्रवलाल प्रधानले २६१ मत प्राप्त गरेका छन्  । भिमाद नगरपालिकामा पनि मतगणना सुरु भए पनि मतपरिणाम सार्वजनिक भएको छैन । ऋषिङ गाउँपालिकामा बिहान १०ः३० बजेदेखि मतगणना सुरु गर्ने तयारी गरिएको थियो । शुक्लागण्डकी नगरपालिकामा पनि मतगणनाको तयारी थालिएको छ भने भानु नगरपालिकामा सर्वदलीय बैठक बस्दैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप