शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौंमा एक मतपत्र गन्न २० मिनेट समय

शनिबार, ३१ वैशाख २०७९, १२ : ४९
शनिबार, ३१ वैशाख २०७९

काठमाडौं महानरपालिकाको मतगणनामा ढिलाइ भइरहेको छ । मतगणना सुरू भएको साढे दुई घण्टा बितिसक्दा पनि ७५ मत मात्र गणना हुन सकेको छ । बिहान ९ः५५ बजेटबाट सुरू भएको मत गणनामा वडा नम्बर १ र ३२ वडाको एकैसाथ भइरहेको छ । 

काठमाडौं महानगरपालिका धेरै उम्मेदवार भएकाले मत गणना गर्न धेरै समय लागिरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । काठमाडौं महानगरपालिकाको मेयर पदका लागि मात्रै ५४ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै उपमेयरका लागि ३० जनाको उम्मेदवारी परेको छ । जसले गर्दा मत गणनामा समय लागिरहेको सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए । 

बिहान ८ बजेदेखि मतगणना गर्ने भनिएको थियो । तर, स्वतन्त्र उम्मेदवारको तर्फबाट प्रतिनिधि राख्ने विषयमा कुरा नमिलेपछि झण्डै १० बजेबाट मात्रै मत गणना सुरु भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप