विदुर नगरपालिका : मेयरमा गठबन्धनको अग्रता, उपमेयरमा एमाले
विदुर नगरपालिकाको पछिल्लो मत परिणाम अनुसार गठबन्धनका साझा उम्मेदवारले लिड गरिरहेका छन् । हालसम्म ८०० मत गन्दा नेपाली काँग्रेसका मेयरका उम्मेदवार राजनलाल श्रेष्ठले ५६४ मतसहित लिड गरिरहेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मेयरका उम्मेदवार सञ्जु पण्डितले ४५० मतसहित श्रेष्ठलाई पछ्याइरहेका छन् । यस्तै, ७१ मतसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मेयरका उम्मेदवार सुशीला खड्का तेस्रो स्थानमा रहेकी छिन् ।
यता उपमेयर तर्फ भने एमालेका उम्मेद्धवार अम्बिका पौडेलले ४३१ मतसहित लिड गरिरहेकी छिन् । गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेकी नेकपा माओवादीका उम्मेदवार प्रभाव बोगटीले ३७२ मतसहित दोस्रो स्थानमा रहँदै पौडेललाई पछ्याइरहेकी छिन् । यस्तै, राप्रपाका उपमेयरका उम्मेदवार कुलबहादुर खड्गेले हालसम्म १९५ मत पाएका छन् । नगरपालिकाको १३ वटा वडाहरु मध्ये हालसम्म १ र २ वडाको मतपत्र गणना भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्पादनमा निर्भर अर्थतन्त्र बनाउनुपर्छ : अध्यक्ष अग्रवाल
-
राजनीति भनेको छापामार युद्धजस्तो होइन ः गुरुराज घिमिरे
-
निर्मला पन्तको घटना ह्युमन इन्टेलिजेन्स विधिबाट अनुसन्धान गर्दैछौँ : प्रहरी
-
पूर्वप्रस्थान तालिमका लागि आईरिस सिस्टम पूर्णरूपमा लागू
-
नारीवादी परराष्ट्र नीतिमा परराष्ट्रमन्त्रीको जोड
-
न्याय परिषद्लाई गतिशील बनाएमात्रै न्याय क्षेत्रका विकृतिहरूको अन्त्य हुन्छ : प्रधानन्यायाधीश राउत