शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कैलालीको चार पालिकामा मतगणना सुरु, काँग्रेस, एमाले र राप्रपाको सुरुवाती अग्रता

शनिबार, ३१ वैशाख २०७९, १२ : ३५
शनिबार, ३१ वैशाख २०७९

कैलालीका चार स्थानीय तह बर्दगोरिया र कैलारी गाउँपालिका, गोदावरी नगरपालिका र र टीकापुर नगरमा मतगणना सुरु भएको छ । धनगढी उपमहानगरपालिकासहितका पालिकामा मतगणना गर्ने तयारी भइरहेको जनाइएको छ । 

सुरुवाती मतगणनामा गोदावरीमा नेपाली काँग्रेस, बर्दगोरियामा नेकपा (एमाले), कैलारी गाउँपालिकामा राप्रपाले प्रमुख/अध्यक्ष पदमा अग्रता लिएका छन् । मतगणनाको तयारीका क्रममा अन्य पालिकामा सर्वदलीय बैठक बसिरहेको छ । जिल्लामा रहेका १३ पालिकामा शुक्रबार भएको मतदानमा झण्डै ६५ प्रतिशत मतदान भएको थियो  । 
 
यसैबीच सुदूरपश्चिम प्रदेशको कैलालीको चुरे पहाडी क्षेत्रको मोहन्याल गाउँपालिकामा भएको निर्वाचनको मतपेटिका आज बिहानसम्म मतगणनास्थलमा पु¥याउन सकिएको छैन । भौगोलिक रुपमा विकट सो गाउँपालिकामा सडक सञ्जाल र टेलिफोनको असुविधा छ । 

मतगणनास्थल गाउँपालिकाको खिमडीमा बिहानसम्म वडा नं ५, ६ र ७ मा मतदान केन्द्रका मतपेटिका नपुगेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले हवाई माध्यमद्वारा मतपेटिका ल्याउने व्यवस्थापन नहुँदा उक्त स्थानबाट मतपेटिका ल्याउन बिहान मात्रै प्रहरी टोली परिचालन गरिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप