
पर्वतको जलजला गाउँपालिकामा एमालेको अग्रता

पर्वतको जलजला गाउँपालिकामा मतगणना जारी रहँदा नेकपा एमालेको अग्रता कायम छ । एमालेका अध्यक्ष उमेदवार ३१२ मत ल्याउँदा रुख चिन्हमा १९७ मत प्राप्त गरेको छ । यस्तै, एमालेका तर्फबाट उपाध्यक्ष उम्मेदवारले २५५ मत ल्याउँदा माओवादी उम्मेदवारले १७१ मत प्राप्त गरेको छ ।
जलजला गाउँपालिका वार्ड १ बाँसखर्कमा नेकपा एमाले विजयी भएको छ । वडा १ बाँसखर्कमा एमालेका उम्मेदवार जगबहादुर रोकाले रुख चिन्न अर्थात गठबन्धनलाई १२ मतले पछि पार्दै विजयी भएका हुन् । विजयी रोकाले २१९ मत प्राप्त गरी विजयी भएका हुन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ