शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सुर्खेतको वीरेन्द्रनगरमा सुरु भयो मतगणना

शनिबार, ३१ वैशाख २०७९, १२ : १३
शनिबार, ३१ वैशाख २०७९

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा मतगणना सुरु भएको छ । बिहान ११ बजेदेखि गणना गर्ने भनिएपनि झण्डै ४५ मिनेट ढिलागरी गणना सुरु भएको हो । 

गएराती १२ बजेसम्म मतपेटिका संकलन सकिएपनि सर्वदलीय बैठक बस्न नसकेपछि मतगणनामा ढिलाई भएको हो । शनिबार बिहानदेखि जारी सर्वदलीय बैठकले ११ बजेदेखि सुरु गर्ने निर्णय गरेको थियो । मतगणना वीरेन्द्रनगरको सिटी हलमा सुरु भएको सहायक निर्वाचन अधिकृत उज्जल रावलले जानकारी दिए । 

वीरेन्द्रनगरमा २५ मतदान केन्द्र र ७५ वटा मतदान स्थल छन्। नगरपालिकामा ६७ हजार ५६ मतदाता रहेकोमा ४८ हजार ३०४ (७२.०४ प्रतिशत)ले मतदान गरेका छन् । यो नगरपालिकामा मेयर र उपमेयरका लागि १३/१३ जनाले प्रतिस्पर्धा गरिरहेका छन् भने वडा अध्यक्षहरूमा १०१, खुल्ला सदस्यमा १६४, महिला सदस्यमा ८३, दलित सदस्यमा ७३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप