शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मनाङ डिस्याङ गाउँपालिकामा एमाले विजयी

शनिबार, ३१ वैशाख २०७९, ११ : २२
शनिबार, ३१ वैशाख २०७९

मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा नेकपा एमालेका कान्छा घले विजयी भएका छन् । घलेले ८ सय ६१ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । घलेका प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार छिरिङ ओङमा गुरुङ (घले) ७ सय १३ मत ल्याएका छन् । 

त्यसैगरी सो गाउँपालिकाको उपाध्यक्षमा एमालेकै समर्थनमा उठेका स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ ७ सय ४४ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी काँग्रेसका रिन्जेन धोर्जे गुरुङले ७ सय १९ मत ल्याए । यहाँ राप्रपाका उपाध्यक्ष उम्मेदवार ज्यामयाङ टसी गुरुङले १ मत ल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप