आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

ताप्लेजुङको मेरिङदेन ६ नं वडामा एमालेको प्यानल विजयी

शनिबार, ३१ वैशाख २०७९, ११ : ११
शनिबार, ३१ वैशाख २०७९

स्थानीय तह निर्वाचनमा ताप्लेजुङको मेरिङदेन गाउँपालिका–६ नं वडामा नेकपा (एमाले) को प्यानलनले विजयी प्राप्त भएको छ । नेपाली कांग्रेसका उम्मेदवारलाई १३२ मतले पछिपार्दै एमालेको प्यानल विजयी भएको हो । 

एमालेको तर्फबाट उम्मेदवार मनोजकुमार तुम्बाहाम्फेले कांग्रेसका ठाकुरसिंह लिम्बूलाई पराजित गरी वडाध्यक्षमा विजयी प्राप्त गर्नुभएको छ । तुम्बाहाम्फेले ४५६ मत प्राप्त गरेका थिए भने प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार लिम्बूले ३२४ मत प्राप्त गरेका हुन् । 

 १३२ मतले लिम्बू पराजित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै सदस्यमा पनि एमालेका उम्मेदवार विजयी भएसँगै मेरिङदेनको ६ नं वडामा प्यानलनै एमाले पार्टीले विजयी प्राप्त गरेको हो । 

यस्तै अरु वडामा भने मतगणना कार्य जारी रहेको जनाइएको छ । गाउँपालिका अध्यक्षमा हालसम्म एमाले ३५४, कांग्रेस ३११, उपाध्यक्षमा एकीकृत समाजवादी पार्टीले २७० मत र स्वतन्त्र २४४ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ । नौ स्थानीय तहमध्ये फक्ताङलुङ गाउँपालिका बाहेक आठ गाउँपालिकामा मतगणना सुरु भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप