सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको बैंकिङ्ग सेवा अव आइतबार पनि
शनिबार, ३१ वैशाख २०७९, १० : ३७
सातामा शनिवार र आईतबार गरी दुई दिन बिदा दिने निर्णय भएसँगै मेनरोड विराटनगरमा कर्पोरेट कार्यालय रहेको सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै आईतबार पनि बैंकिङ्ग सेवा प्रदान गर्ने निर्णय गरेको छ ।
यस अन्तर्गत हाल बैंकले प्रदेश नं.१ म रहेका आफ्ना ३५ शाखाहरुमध्ये १३ शाखाहरु (मेनरोड विराटनगर, टंकीसुनवरी, इलाम, रंगेली, उर्लावारी, बिराटचोक, विर्तामोड, इटहरी, धरान, धनकुटा, बसन्तपुर, दमक र पुष्पलालचोक) बाट यही जेष्ठ १ गते देखिनै सेवा प्रदान गर्ने छ ।
यस्तै आगामी दिनमा बजारको आवश्यकता र ग्राहकको माग बमोजिम आइतबार संचालन हुने शाखा संख्या बढाउँदै लैजाने नीति बैंकले लिएको छ । आइतबार संचालन हुने शाखाहरूमा बैंकले बिहान १० बजेदेखि अपरान्ह २ बजे सम्म सेवा प्रदान गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा
-
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने
-
अन्तर्राष्ट्रिय क्रिकेटमा इन्डोनेसियाली किशोरीले बनाइन् विश्व कीर्तिमान
-
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु