शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दैलेखको चामुण्डामा  काँग्रेसको अग्रता

शनिबार, ३१ वैशाख २०७९, १० : ३०
शनिबार, ३१ वैशाख २०७९

सुर्खेत । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । प्राप्त  जानकारी अनुसार ६५८ मतगणना हुँदा मेयरमा नेपाली काँग्रेसका गणेश बहादुर शाहीले २७० मत प्राप्त गरेका छन्  । उनी कर्णालीका कानुन मन्त्री हिमबहादुर शाहीका छोरा हुन् । 

त्यहाँ काँग्रेसले गठबन्धनको निर्णय तोडेर उम्मेदवारी दिएको थियो ।  दोस्रोमा नेपाल मजदुर किसान पार्टीले अग्रता कायम गरेको छ ।  नेमकिपाका बखत बहादुर थापाले २३० मत प्राप्त गरेका छन्  भने पहिलो बन्ने दाबी गरेको एमाले तेस्रोमा छ ।

 एमालेका सुर्यबहादुर शाहीले जम्मा १८० मत प्राप्त गरेका छन् । यस्तै उपप्रमुखमा काँग्रेसकी मनसरा कुमारी शर्माले २१६ ल्याएकी छन् भने एमालेकी नन्दा कुमारी बिष्टले २०६ मत ल्याएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप