सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

सोलुखुम्बु झडप : घाइते युवाको मृत्यु

शनिबार, ३१ वैशाख २०७९, १० : २८
शनिबार, ३१ वैशाख २०७९

सोलुखुम्बुमा काँग्रेस र माओवादी कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । सोताङ गाउँपालिकामा एक विरामी मतदातालाई घर लैजाने विषयमा विवाद बढ्दा भएको झडपमा घाइते भएका सुदीप राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

हिजो राति भएको घटनामा घाइते राईको फाप्लु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । राईको ढुंगा प्रहारबाट टाउकोमा गम्भीर चोट लागेको थियो । झडपमा काँग्रेसका कार्यकर्ता पनि घाइते भएका छन् । घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप