शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

रसुवामा मतगणना सुरू

शनिबार, ३१ वैशाख २०७९, १० : १९
शनिबार, ३१ वैशाख २०७९

शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना गएरातिदेखि सुरू भएको छ ।
          
जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाका अनुसार आमाछोदिङ्मो, उत्तरगया, कालिका र नौकुण्ड गाउँपालिकामा मतगणना  सुरू भएको हो । गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत वडा नं ४ लाङ्टाङ केन्द्रको मतपेटिका आउन बाँकी रहेकाले एक  गाउँपालिकाको गणना आज साँझदेखि मात्र सुरू हुने बताइएको छ ।

पाँच गाउँपालिकाको कूल ३८ हजार ५४५ मतदातामध्ये ५१ मतदान केन्द्रबाट करिब ७५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए ।

भौगोलिक विकटताका कारण पैदलमार्गबाट लाङ्टाङको मतपेटिका शनिबार बिहानै धुञ्चे सदरमुकाम प्रस्थान गराई सकिएको जनाइएको छ । अहिलेसम्म करिब एक हजारभन्दा बढी मतगणना भइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप