शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौंडा उपमहानगरमा एमालेको झिनो अग्रता

शनिबार, ३१ वैशाख २०७९, १० : १७
शनिबार, ३१ वैशाख २०७९

मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेले सुरुवाती अग्रता बनाएको छ । उपमहानगर १ को १४५ मत गणना हुँदा एमालेका उम्मेदवार अनन्त पौडेलले ५३ मतसहित अग्रता लिएका हुन् ।

यस्तै नेकपा एकीकृत समाजवादीबाट गठबन्धनकी साझा उम्मेदवार मिना कुमारी लामाले ५१ मत प्राप्त गरेकी छन् । यस्तै राप्रपाका दिपक सिंहले २५ मत  पाएका छन् ।

उपमेयर पदमा भने गठबन्धनका राजेश बानियाँ ६६ मत पाउँदा नेकपा एमालेकी सुमित्रा काफ्लेले ६२ मत ल्याएकी छिन् । यस्तै राप्रपाकी इन्दिरा डल्लाकोटीले ७ मत पाएकी छिन् । वडा अध्यक्ष पदमा भने नेकपा एमालेका उम्मेदवारले ६८ मत नेपाली काँग्रेसका उम्मेदवारले ६० मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप